सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हुने

२०८० साउन ३१, ०९:३९ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ६ र ७ गते हुने भएको छ।

परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको छ। २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्।

बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ।

कमेन्ट लोड गर्नुस