सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ

२०८० साउन ३०, ०९:४४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध (चरेश) भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस