सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसको एक पेट्रोल पम्पमा विस्फोट, १२ जनाको मृृत्यु   

२०८० साउन ३०, ०९:२३ खबर संवाददाता

रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ। घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन्। रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन्।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ। तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ। आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ। विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो।

क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन। सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ।

त्यहाँ झण्डै २ सय ६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ। आगो ६ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ। मखाच्कला मस्कोबाट झण्डै १६ सय किलोमिटर टाढा पर्छ।
 

कमेन्ट लोड गर्नुस