आज साउनको अन्तिम सोमवार, शिवालयमा भक्तजनको भिड
धनगढीः सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि देशभरका शिवालयमा भक्तजनका भिड लागेको छ।
साउन महिनाको सोमवारलाई भगवान शिवको प्रिय दिन मानिन्छ। साउन महिनाको हरेक सोमवार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।
बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेका थिए। साउन महिना पाँचवटा सोमवार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ। साउन महिना र सोमवार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।