सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै 

२०८० साउन २९, ०७:०९ खबर संवाददाता

काठमाडौंः उपराष्ट्रपति रामसहायप्रसाद यादव सोमवार जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाँदै छन्। अपराह्न ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी चीन प्रस्थान गर्न लागेका हुन्। मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईका अनुसार उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने लामा सहभागी हुनेछन्।

उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा चीन जानेछन्।

कमेन्ट लोड गर्नुस