सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षकको क्षमता अभिवृद्धिका लागि धनगढीमा पेशागत तालिम सुरु

२०७६ वैशाख ९, ०७:३५ खबर संवाददाता

धनगढीको एरिष्टो इङ्ग्लिस बोर्डीङ स्कूलले आफ्नो विद्यालयमा अध्यापनरत ५० जना शिक्षकहरुका लागि क्षमता अभिवृद्धि गर्न पेशागत तालिम सुरु गरेको छ। शैक्षिक गुणस्तरका लागि तालिम आवश्यक हुने भन्दै नयाँ शैक्षिक सत्र २०७६ को प्रारम्भमै विद्यालयले तीन दिने तालिम सुरु गरेको हो। शिक्षा तालिम केन्द्र दिपायलका प्रशिक्षक भीम पनेरूले शिक्षामा आएका नयाँ प्रयोग, बाल मनोविज्ञान र वर्तमान समय अनकूलको शिक्षण प्रविधिको बारेमा प्रशिक्षण दिईरहेका छन्। तालिमको परिचयात्मक कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति अधिकारीले आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरूलाई निरन्तरता दिने बतथाईन्। 
 

कमेन्ट लोड गर्नुस