सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तस्करसँगको सम्बन्ध स्पष्ट पार्न महरालाई माओवादी नेताहरुको दवाब

२०८० साउन २८, ०८:०४ खबर संवाददाता

काठमाडौंः  नेकपा माओवादी केन्द्रले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेको छ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ। तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ। मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा महराबारे कुरा उठेको एक पदाधिकारीले बताए।

सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने माओवादी नेताहरुको जोड छ। एक क्विन्टल सुन काण्डमा मुछिएका चिनियाँ नागरिकसँग जोडेर प्रश्न उठेपछि उपमहासचिव वर्षमान पुनले भने स्पष्ट पारीसकेका छन्।
 

कमेन्ट लोड गर्नुस