सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिम्रिक एयरमाथिको प्रतिबन्ध हट्यो

२०८० साउन २८, ०७:१६ खबर संवाददाता

काठमाडौंः  सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम चुक्ता गरेको छ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको बताए। यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटाएको छ। यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो।

प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो।
 

कमेन्ट लोड गर्नुस