प्रचण्ड नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिनुपर्ने कांग्रेस सांसदको प्रस्ताव
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/congress1691920717.jpg?itok=4naiQYWs)
काठमाडौँः कांग्रेसमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव आएको छ।
संसदीय दलको जारी बैठकमा सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणलगायत अन्य काण्डहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन गठन गर्नुपर्ने निर्णय संसदीय दलबाट हुनुपर्ने र सरकारले त्यस्तो समिति नबनाए समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन्।
उनले बैठकमा आफूले बोलेको विषयबारे ‘यत्रो दिनसम्म सुन प्रकरणमा भरियाबाहेक कोही पक्राउ परेको छैन। भरिया बनाउनेलाई पक्राउ गरिएको छैन। राजनीतिक नेतृत्वको संलग्नता छ त भन्दिन तर भन्सारमा सबैको मिलेमतो नभई यो पास हुन सक्दैन उनले भने। त्यसैले यो सुन प्रकरण मात्र होइन अन्य सबै प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने निर्णय संसदीय दलले गर्नुपर्छ। यदि प्रचण्ड सरकारले समिति बनाएन भने समर्थन फिर्ता लिनुपर्छ।’
यस्तै नेता डा. शेखर कोइराला, सांसद सञ्जय गौतम लगाएतका नेताले पनि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन्।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)