सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगर विकास धनगढीको अध्यक्षमा मेयर वड, सार्वजनिक जग्गाको व्यवस्थापन गर्ने दावी

२०७६ वैशाख ९, ०७:२८ कमल सावद

नगर विकास समितिको गठन प्रकृया फेरिएसंगै ४० बर्ष सम्म पर्ती जग्गा मात्रै विक्री गरेको धनगढी नगर विकासको जिम्मेवारी अव जनप्रतिनिधिले पाएका छन्। नगर विकास ऐन २०४५ गत फागुन १९ गते संसोधन गरिएपछी नगर विकास समितिको गठन प्रकृया फेरिएको हो। यस अघि मन्त्रि जुन दलबाट प्रतिनिधित्व गर्छन त्यहि राजनीतिक दलको पार्टी प्रतिनिधिलाई अध्यक्ष तोक्ने गरिएको थियो। तर, अहिलेको संसोधित ऐन अनुसार नगर विकास समितिको अध्यक्ष स्थानीय तहको प्रमुख रहने व्यवस्था गरिएको छ। सोही अनुसार धनगढी नगर विकास समितिको अध्यक्ष पनि मेयर नृप वड भएका छन्। 

४० बर्षको अवधिमा नौ सय ३१ विगाह सार्वजनिक जग्गा विक्रि गरेको धनगढी नगर विकास समिति चलाउने जिम्मेवारी मेयर वडले दोश्रो पटक पाएका हुन्। यसअघि पनि मेयर वड समितिको अध्यक्ष भईसकेका छन्। २०३५ सालमा गठन भएको धनगढी नगर विकास २०७० साल पछि भूमिका विहिन रहेकोमा पाँच बर्ष पछि फेरी अधिकार दिईएको छ। सिमित क्षेत्रमा अधिकार भएपनि धनगढी नगर विकास समितिले नौ सय ३१ विगाह जमिन विक्री गरेको थियो। नीतिगत रुपमा अध्यक्ष घोषणा भएपछि धनगढी उप–महानगरपालिकाका मेयर वले अव सार्वजनिक-पर्ती जग्गाको व्यवस्थापन गर्ने दावी गरेका छन्। 

हुन त अहिले सम्म धनगढी उप–महानगरपालिका क्षेत्रमा रहेको पर्ती जग्गाको तथ्याङक उप–महानगरपालिकासंग छैन्। नगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा भएको अतिक्रमणको एकिन तथ्याङक पनि संकलन भएको छैन्। तर नगर विकास समितिसंग भूमि व्यवस्थापनको नीति भएकाले पर्ती जग्गा व्यवस्थापन गर्ने दावी मेयर वडको छ। विगतमा धनगढी उप–महानगरपालिकाको वडा नम्बर १,२,३,४ र ५ को सार्वजनिक जग्गाको अधिकार भएको नगरविकास समितिले सार्वजनिक जग्गा जथाभावी विक्री गर्दा अहिले ठुलो समस्या भईरहेको छ। खोलाको जग्गामा पनि लालपुर्जा वितरण गरिएको छ भने अहिले सार्वजनिक शौचालय बनाउनका लागि समेत जग्गा खाली राखिएको छैन्। धनगढीको विकास योजना बनाउने लक्ष्य सहित स्थापना गरीएको समितिले सार्वजनिक जग्गा विक्री गर्ने बाहेक एउटा पुल निर्माण मात्रै गरेको छ। २०३५ सालमा गठन भएको धनगढी नगर विकास समितिले झण्डै १३ वर्ष पछि २०४८/०४९ सालबाट जग्गा विक्रि गर्न, सुरु गरेको थियो। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस