सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट तीन वर्षमा पाँच हजार उजुरी अख्तियारमा दर्ता

२०८० साउन २८, ०५:१७ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशबाट अख्तियारमा उजुरी गर्नेको संख्या बढ्दै गएको छ।

पछिल्लो तीन वर्षको अवधिमा सुदूरपश्चिमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पाँच हजारभन्दा बढी उजूरी दर्ता भएका छन्। आयोगको कार्यालय कञ्चनपुरका अनुसार सो अवधिसम्म पाँच हजार दुई सय ६६ अनियमितता विरुद्धका उजुरी दर्ता भएका हुन्। आर्थिक वर्ष २०७७÷७८ मा एक हजार पाँच सय ७६ वटा उजुरी परेको कार्यालयले जनाएको छ। त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा यस्ता उजुरीको संख्या बढेर एक हजार ७ सय ३९ पुगेको हो। त्यस्तै गत आर्थिक वर्षमा पनि उजुरीको संख्या बढेको कार्यालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७९÷८० मा उजुरीको संख्या बढेर एक हजार ९ सय ५२ पुगेको हो। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये चार हजार पाँच सय १७ उजुरी फछ्र्याैट भएर बाँकी उजुरीमाथि अनुसन्धान भइरहेको छ। तीन वर्षको अवधिमा सबैभन्दा बढी कैलालीबाट उजुरी परेको कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए। सो अवधिसम्म कैलालीबाट एक हजार ३८० परेका छन्।

सबैभन्दा कम बाजुराबाट दुई सय ८४ उजुरी परेका छन्। कञ्चनपुरबाट ८ सय ९८, बैतडीबाट ७ सय २१, डडेल्धुराबाट तीन सय ७२, दार्चुलाबाट तीन सय ८७, बझाङ्गबाट चार सय ६३, अछामबाट तीन सय ९६ र डोटीबाट तीन सय ६५ उजुरी परेको आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस