सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रेस युनियनको अध्यक्षमा सिंह

२०८० साउन २८, ०४:२५ खबर संवाददाता

धनगढीः  नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको नयाँ समिति चयन भएको छ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेजबहादुर सिंह (मुस्कान) चयन भएका छन्। सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा सिंहलाई अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा कुन्दन पाण्डेय, मनोज भट्ट र किशोर तामाङ चुनिएका छन्।

यस्तै सचिवमा देवेन्द्र खड्का, सहसचिवमा अनिता लावड र कोषाध्यक्षमा शंकर अवस्थी चयन भएका छन्। सदस्यहरुमा महादेव अवस्थी, चन्द्रकान्त जोशी र कविता गौडल निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस