सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदाचारका लागि सामाजिक पहलको अध्यक्षमा पाण्डेय

२०८० साउन २८, ०९:४८ खबर संवाददाता

धनगढीः सदाचारका लागि सामाजिक पहल कैलालीको अध्यक्षमा दिनेश पाण्डेय चयन भएका छन्। शनिवार धनगढीमा भएको पहलको १२ औँ साधारण सभाले पाण्डेयको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

समितिको उपाध्यक्षमा जयराज जोशी, सचिवमा गगनराज घिमिरे तथा कोषाध्यक्षमा गोपालराज पाठक चयन भएका छन्। त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा लालबहादुर देउवा, कृष्णबहादुर बोहरा, माधव भट्ट, केदारदत्त भट्ट र मुकेश चन्द रहेका छन्।
त्यसअघि संस्थाका अध्यक्ष कैलाशप्रसाद दाहालको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि प्राध्यापक तोयराज भट्ट र विशिष्ट अतिथि धर्मदेव भट्ट रहेका थिए। साधारण सभाले अध्यक्ष दाहालले प्रस्तुत गरेको कार्ययोजना र सचिव रघुबीर भट्टले प्रस्तुत गरेको संस्थाले विगतमा गरेका कार्य, भावी योजना र आर्थिक विवरणको प्रतिवेदन पारित गरेको छ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गराउन पु¥याएको योगदानको कदर गर्दै साधारण सभाको उद्घाटन समारोहमा चार जनालाई सम्मान गरिएको सचिव घिमिरेले जानकारी दिए। प्रा.डा. हेमराज पन्त, खेमराज पाण्डेय, महेश्वर पाठक र सूर्यप्रसाद जोशीलाई सम्मान गरिएको हो।
 

कमेन्ट लोड गर्नुस