सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राह्मण समाज नेपालको नगर समिति गठन

२०८० साउन २७, ०७:०१ खबर संवाददाता

धनगढी : ब्राह्मण समाज नेपालको धनगढी नगर स्तरीय समिति गठन गरिएको छ । शनिवार धनगढीमा भएको प्रथम नगर स्तरिय भेलाले तुलक्षी प्रसाद जोशीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यमा श्रीमति तारा शर्मा, कोषाध्यक्षमा शुशीला भट्ट र सचिवमा नविन ओझा चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा प्रसाद ओझा, देविलालल शर्मा, विष्णु प्रसाद जोशी, डिल्लीराज जोशी, तिलक खतिवडा, लक्ष्मण ओझा, जयराज ओझा, घनश्याम ओझा, राजेन्द्र प्रसाद ढुंगाना, दुर्गा प्रसाद भण्डारी, सिताराम अवस्थी, आनन्द विनाडी, मेखराज भट्ट, चेतराज विनाडी, नवराज ओझा, डमरुदत्त जोशी र तेजराज पन्त चयन भएका छन् । ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष मिहीलाल उपाध्यायको सभापतित्व तथा केन्द्रिय सदस्य माधव प्रसाद जोशी र एशोदा भण्डारीको उपस्थितीमा सर्वसम्मत समिति चयन गरिएको थियो ।

कमेन्ट लोड गर्नुस