सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त राजमार्ग फेरि अवरुद्ध

२०८० साउन २७, ०६:३८ खबर संवाददाता

धनगढीः कैलालीको बुढीतोलामा भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलामा वर्षा भएपछि सडक फेरि अवरुद्ध भएको हो। शनिवार बाट खाली ट्रक र टिप्पर गन्तव्यतिर पठाइएको थियो। 

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपनि वर्षाका कारण यातायात सञ्चालन गर्न सकिएको छैन। जमिन मुनी पानी र सडकमा हिलो भएका कारण यातायात सञ्चालनमा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ।  

गत सोमवार राति राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ। 

कमेन्ट लोड गर्नुस