सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार देश सम्मिलित टी–२० सिरिज  खेल्ने नेपाली महिला टीमको घोषणा

२०८० साउन २७, ०५:५७ खबर संवाददाता

काठमाडौँः  चार देश सम्मिलित टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ –क्यानका अनुसार मलेसियामा हुने सिरिज आगामी २२ देखि २६ अगस्टसम्म सञ्चालन हुनेछ। मलेसियामा हुने सिरिजमा नेपाल सहित घरेलु टोली मलेसिया, कुवेत र हङकङको सहभागिता रहने छ। मलेसियाको वायु सओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्दा दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका रहेको छ।

नेपालले पहिलो खेल २२ अगस्टमा हङकङ, दोस्रो खेल २३ अगस्टमा कुवेतसँग खेल्न छ। त्यस्तै, मलेसियासँग २५ अगस्टमा खेल्ने कार्यतालिका रहेको छ। रविना क्षेत्रीको–कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस