सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनवर उल हक पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री बन्ने

२०८० साउन २७, ०५:२१ खबर संवाददाता

एजेन्सीः  पाकिस्तानी संसद विघटन गरिएपछि त्यहाँ अन्तरिम सरकार बन्ने भएको छ।

मौजुदा प्रधानमन्त्री शहवाज सरीफ र निवर्तमान प्रमुख विपक्षी दलका नेता राजा रियाजले अन्तरिम प्रधानमन्त्रीको नाम सिफारिस गरेका छन्। उनीहरूले अनवर उल हक काकरको नाम अन्तरिम प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। तीन दिन अगाडि पाकिस्तानमा संसद भंग गरिएको थियो।

संसद भंगपछि प्रधानमन्त्री सरीफलाई तीन दिनभित्र कार्यबाहक प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले समय दिएका थिए। राष्ट्रपतिले दिएको सयमअनुसार काकरको नाम शनिबार सिफारिस भएको हो। मौजुदा प्रधानमन्त्री सरीफले राजीनामा दिएपछि काकरले अन्तरिम प्रधानमन्त्रीको शपथ लिने बताइएको छ। पाकिस्तानमा अन्तरिम सरकारले आम निर्वाचन गराउने छ।
 

कमेन्ट लोड गर्नुस