सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा मार्न गएका कैलालीका प्रकाश बम बझाङको सेतीमा बेपत्ता

२०८० साउन २७, ०८:५६ खबर संवाददाता

बझाङः माछा मार्न गएका कैलालीका प्रकाश बम बझाङको सेती नदीमा बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए।

३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस