सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा गत वर्ष १ सय ३ नेपालीको मृत्यु, ३१ जनाद्धारा आत्महत्या

२०७६ वैशाख ८, ०७:११ खबर संवाददाता

यूएईमा गएको वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ। ज्यान जानेमा ८ जना महिला र ९५ जना पुरुष छन्। नेपाली दूतावास यूएईका अनुसार ५२ जनाको प्राकृतिक मृत्यु भएको छ भने ३१ जनाले आत्महत्या गरेका छन।  

५० जना पुरुष र २ जना महिलाको प्राकृतीक कारणले मृत्यु भएको छ भने २९ जना पुरुष र २ जना महिलाले आत्महत्या गरेको दूतावासले जनाएको छ। तथ्याङ अनुसार प्राकृतिक कारण पछि आत्महत्या गर्नेको संख्या धेरै छ। 

त्यस्तै दुर्घटनामा परी १८ जना नेपालीको मृत्यु भएको छ। ३ जना महिला र १५ जना पुरुषको दुर्घटनामा परी ज्यान गएको हो।  गएको वर्ष युएईमा दुई जना नेपाली कामदारको हत्या भएको छ। हत्या हुनेमा एकरएक जना महिला पुरुष छन।
 

कमेन्ट लोड गर्नुस