सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टाइनको अडान कायमै, उद्योगीहरु अन्य नाकाबाट कच्चा पदार्थ ल्याउदै

२०७६ वैशाख ८, ०७:०७ खबर संवाददाता

भारतबाट गुणस्तर मापनको प्रमाणपत्र नल्याएसम्म कच्चा पदार्थ बोकेका गाडी नछोड्ने पशु क्वारेन्टाईन गड्डाचौकी चेकपोष्ट कैलालीले अडान लिएको छ। आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पशु क्वारेन्टाईनले पुश सेवा एन २०५५ अुसार नै भारतीय क्वारेन्टाईनको प्रमाणपत्र मागिएको दावी गरेको हो। चेकपोष्टका प्रमुख डाक्टर भरत साहले ऐनमा भएकै व्यवस्था लागु गरिएकाले दाना उद्योगीको आरोप गलत भएको बताए। 

उनले उच्च अदालतले पनि चेकजाँच गर्दै गाडी छोड्न आदेश दिएकाले चेकजाँचमा आवश्यक कागजपत्र नभेटिए आयातमा रोक लगाईने बताए उनले के सप्लायर्सको १, डल्फिन आधुनिक दाना उद्योगको २ र वेष्टर्न फिड प्रालीको ६ गरि ९ वटा कच्चा पदार्थ बोकेका गाडीहरु बैशाख ३ गते यता नै छोडिसकेको पनि दावी गरे। तीन वटै दाना उद्योगहरुले भारतीय क्वारेन्टाईनको प्रमाणपत्र ल्याएकाले गाडीहरु छटोडिसकेको दावी उनको थियो।

वेष्टर्न फिड प्रालीका सञ्चालक मनोज अग्रवालले हारगुहार गर्दा पनि कुनै पनि निकायले वास्ता नगरेपछि बाध्य भएर भारतीय क्वारेन्टाईनको गुणस्तर मापनको प्रमाणपत्र ल्याएर गाडी छुटाएको बताएर। उनले अव त्रिनगर नाकाबाट गाडी ल्याउने बातावरण नभएकाले नेपालगञ्जको रुपहडीया नाकाबाट कच्चा पदार्थ भित्र्याउन सुरु गरेको बताए। भन्सारमा अझै ७ वटा कच्चा पदार्थ बोकेका गाडीहरु भनेर रोकिएको छ। 
 

कमेन्ट लोड गर्नुस