सुदूर नेपाललाई विश्वसँग जोड्दै

हसनपुर–स्याउले सडक खण्ड तत्काल कालोपत्रे गर्न माग

२०७६ वैशाख ८, ०६:५५ खबर संवाददाता

धनगढी–दिपायल द्रुत मार्ग अन्तरगत धनगढीको हसनपुर–स्याउले सडक खण्ड तत्काल कालोपत्रे गर्न प्रदेश सरकार समक्ष माग गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सांसदहरुले धनगढी हसनपुरदेखि स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टलाइ ध्यानाकर्षण गराएका छन्।

प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री दीर्घ बहादुर सोडारीको नेतृत्वमा स्थानीय सहीतको टोलीले ज्ञापनपत्र बुझाएको हो। सडकमा खाल्डाखुल्डी, धुलोका कारण आवतजावत गर्नमा अत्यन्तै कठिनाई भएकाले चालु आर्थिक बर्ष भित्रै सडक कालोपत्रे गराईएको पुर्व मन्त्री सोडारीले बताए। पुर्व मन्त्री तथा संघिय सांसद लेखराज भट्ट, प्रदेश सभा सदस्य चुनकुमारी चौधरी, नेकपाका प्रदेश सदस्य उद्धव भट्टराई सहितको हस्ताक्षर सहीत ध्यानाकर्षणपत्र बुझाएको हो। 
 

कमेन्ट लोड गर्नुस