सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंको एक क्याम्पसमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच खुकुरी हानाहान

२०८० साउन २५, ०५:४४ खबर संवाददाता

काठमाडौँः काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा दुई समूहबीच झडप भएको छ।

क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको हो। झडपका क्रममा दुई समूहबीच खुकुरी हानाहानसमेत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्।

खुकुरी प्रहारबाट एक जनाको कान चुडिएको छ। घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस