सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पहिरो पीडित मुख्यमन्त्री कार्यालयमा

२०८० साउन २५, १२:४७ खबर संवाददाता

धनगढीः कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन्। जिल्लाको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरु मुख्यमन्त्रीको कार्यालयमा पुगेका हुन्। 

सुदूरपश्चिम प्रदेशको मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुले व्यवस्थापनको माग गर्दै धर्ना दिएका छन्। जिल्लाको गोदावरी र चुरेका १६९ घर परिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई व्यवस्थापन गर्न माग गरिरहेका छन्। २०७७ सालमा आएको पहिरोबाट विस्थापित भएका चुरे गाउँपालिका वडा नम्बर ४ मा रहेको पनेरुगडामा बसिरहेका थिए।

उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो। त्यसपछि आफन्तको घरमा बसिरहेकाहरू अहिले दीर्घकालीन व्यवस्थापनको माग गरिरहेका हुन्। चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको बताएका उनीहरूले अहिले आफ्नो समस्या समाधानमा कसैले पनि चासो नदिएको आरोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस