सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती र धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन विदेशी लगानीकर्ताको आवेदन

२०७६ वैशाख ८, ०६:३९ खबर संवाददाता

सरकारले गरेको लगानी सम्मेलनबाट सुदूरपश्चिमका २ परियोजनाका लागि तीन आवेदन परेका छन्। लगानी बोर्डले दिएको जानकारी अनुसार लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ वटा परियोजना प्रस्तुत भएकोमा अहिले सम्म २ वटा परियोजनाका लागि मात्रै आवेदन आएको हो। लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले अहिले सम्म धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल परियोजनाका लागि २ र पश्चिम सेती जलविद्युत आयोजनाका लागि एउटा मात्रै आवेदन आएको बताए। बोर्डका सीईओ अधिकारीले प्राप्त आवेदनका आधारमा प्रस्ताव माग गरी प्रतिस्पर्धी र पारदर्शी ढङ्गले परियोजना कार्यान्वयनको ठेक्का सम्झौता हुने बताए। गत चैतमा २ दिन सम्म सञ्चालन भएको लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ आयोजनालाई प्रस्तुत गरिएको थियो। लगानी सम्मेलनमा सुदूरपश्चिमका ४ खर्व ५४ अर्वका ६ आयोजना प्रस्तुत गरिएको थियो। 

४० मेघावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना, ७ सय ५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजना, १२ सय मेघावाटको पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलबिद्युत परियोजना, धनगढी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल, एकिकृत कृषि पुर्वाधार परियोजना गोदावरी कैलाली र सुदूरपश्चिम परिवहन परियोजना गरि ६ वटा परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिएको थियो। ६ वटा परियोजनामा ५ वटा लगानी बोर्डले र माथिल्लो चमेलिया जलविद्युत आयोजना नीजि क्षेत्रले पूर्व सम्भाव्यता अध्ययन गरी तयार परिएका आयोजना हुन्। 
 

कमेन्ट लोड गर्नुस