सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा काँग्रेसको आन्तरिक विशेष अभियानका लागि गाँउ गाँउमा प्रतिनिधी

२०८० साउन २४, ०५:४२ खबर संवाददाता

बझाङः  नेपाली काँग्रेसको आन्तरिक विशेष अभियानका लागि बझाङ जिल्ला भरी प्रतिनिधी खटाएको छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट बझाङ जिल्ला प्रतिनिधि भएर केन्द्रीय सदस्य डा रणबहादुर रावलको प्रमुख आतथ्यिमा बैठक बसेर जिल्ला समितिले विभिन्नि क्षेत्रमा प्रतिनिधी पठाएको छ। नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिको बैठकले जिल्ला सदस्यलाई गाँउ गाँउमा पठाएको हो।

देशै भरी आन्तरिक विशेष अभियान मिसन २०८० संचालन गरेको बेला बझाङमा पनि गाँउ गाँउ प्रतिनिधी पठाएको केन्द्रीय सदस्य डा रावलले बताए। नेपाली काँग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार साउन २० गते देखी ३० गते सम्म आन्तरिक विशेष अभियानमा प्रतिनिधी बझाङ जिल्लाका पालिका, वडामा समेत खटिएका छन्। नेपाली काँग्रेस बझाङले विशेष अभियानलाई सफल पार्न जिल्लाभर १० जना प्रतिनिधी खटाइएको बझाङका सभापति खड्क बोहराले बताए।

अभियानका लागि छबिसपाथिभरा गाउँपालिकामा प्रेम बोहरा, सुर्मा गाउँपालिका दौलीचौरमा अक्कल कुँवर, खप्तडछान्ना गाउँपालिकामा कृष्णराज गीरि, जयपृथ्वी नगरपालिकामा गगन रावल, मष्टा गाउँपालिकामा उपसभापति बर्कबहादुर रोकाया, साईपाल र तलकोट गाउँपालिकामा संयुक्त कार्यक्रम सुनीकोटका लागि सहसचिव राजेन्द्र धामी, दुर्गाथली गाउँपालिकामा राम खाती, थलारा गाउँपालिका खोलीका लाग महाधीवेशन प्रतिनिधी जनक दौल्याल, बुङ्गल नगरपालिकाका लागि गुणाकर जोशी, केदारस्युँ र  बिथ्डचिर गाउँपालिका संयुक्त कार्यक्रम बागथलाका लागि गणेश बोहरा र महेश मल्ललाई नेपाली काँग्रेस बझाङले प्रतनिधीका रूपमा खटाईएको नेपाली काँग्रेस बझाङका प्रबक्ता रमानन्द जोशीले बताए।

कमेन्ट लोड गर्नुस