धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ
२०८० साउन २४, ०४:५२
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६ सय ५० मिलिग्राम लागुऔषधसहित मंगलबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय रोहित राना र सोही स्थानका १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस