कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ
धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका –२ त्रिनगरबाट लागुऔषधसहति दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका – ८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
उनीहरुको साथबाट ६५० मिलिग्राम लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।