सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पपीडितले लिए २ अर्ब ६८ करोड ऋण

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०६:१९ खबर संवाददाता

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५ सय ७७ रहेको छ। भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन्।

यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ। चालू आवको आठ महिनासम्म केन्द्रीय बैंकले २४ अर्ब ५४ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेको छ। त्यसमा साधारण पुनरकर्जा २० अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने निर्यात पुनरकर्जा एक अर्ब ४८ करोड रुपैयाँ छ।

यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ। यो कार्यक्रममा २३ अर्ब ४१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने ९८ करोड २२ लाख  रुपैयाँ ब्याज अनुदान दिइएको छ। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ पाँच करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको बैंकले जनाएको छ।

यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ। ‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुवै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, ‘वाइड बडी’ उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’ ९१५८ सिट क्षमता को दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भने।

निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान गर्दै आएको छ भने अन्य आठ देशमा पनि अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको छ। केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ। निगमसँग अन्तर्रा्ष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन्। रासस

कमेन्ट लोड गर्नुस