सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैदीबन्दीबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु

२०८० साउन २४, १२:५२ खबर संवाददाता

संखुवासभाः जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो। कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस