सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनजातिको माग सम्बोधन गर्न कांग्रेसले सक्दो प्रयास गर्छ: देउवा

२०८० साउन २४, ०६:११ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताएका छन्।

सभापति देउवाले नेपाललाई सबै समुदायको समानुपातिक समावेशी देशको रुपमा विकास गर्न प्रयत्न गर्ने आश्वासन समेत दिए। विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुने गरी समानुपातिक प्रतिनिधित्व गराउने बताए।

आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन ? भन्ने अनुभूति आफूलाई हुने गरेको उल्लेख गर्दै उनले उनीहरुलाई साथ दिन आफूहरु सदैव लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस