सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरामी

२०८० साउन २३, ०७:५१ खबर संवाददाता

धनगढीः जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्। 

दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए।

प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।
 

कमेन्ट लोड गर्नुस