सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका काँग्रेस नेता ‘आगो’लाई कारबाही

२०८० साउन २३, ०२:१५ खबर संवाददाता

धनगढीः कैलालीका युवा नेता लोकराज पाण्डे (आगो) लाई कारबाही गरिएको छ।

नेपाली काँग्रेस गोदावरी नगरपालिका–१ कैलालीका क्षेत्रीय प्रतिनिधि पाण्डेयलाई कारबाही गरिएको हो। उनलाई पार्टीको जिल्ला कार्यसमितिले पदीय जिम्मेवारीमा बसेर पार्टी हित विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको छ।

पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ। उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ।

कमेन्ट लोड गर्नुस