सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीको स्वकीय सचिवालयले फेसवुकमा योजनाको सूची मागेपछि आलोचना

२०७६ वैशाख ८, ०४:४३ कमल सावद

मा.मुख्यमन्त्री ज्यूको स्वकीय सचिवालय भन्ने फेसबुक आईडीमा केही समय अगाडी एउटा स्टाटस पोष्ट गरियो। आउँदो आर्थिक वर्षका योजना छनौटका विषयमा केन्द्रीत गरी लेखिएको स्टाटसमा भनिएको छ, “सुदूरपश्चिम प्रदेशको अगामी बजेटमा राख्नुपर्ने नीतिगत विषय र महत्वपूर्ण योजना भए ठेगना सहित म्यासेन्जरमा पठाउन अनुरोध छ।” सरकारले विभिन्न विधि प्रक्रियाहरु पूरा गरी योजना छनौट गर्नुपर्ने बेला मुख्यमन्त्रीको स्वकीय सचिवालयको फेसबुक आईडीमा यस्तो कुरा सार्वजनिक भएपछि आलोचना भइरहेको छ।

आज बसेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य लिलाधर भट्टले आवश्यक विधि र प्रक्रिया पु¥याएर छनौट गरिनुपर्ने योजना फेसबुक म्यासेन्जर मार्फत माग गरिएको कुरा उठाउदै यो के हुदैछ ? भन्ने प्रश्न गरे। उनले मुख्यमन्त्रीको स्वकीय सचिवालयले फेसबुक मार्फत योजना माग्नु कानुन संगत नभएको तर्क दिदै भने, संसदबाट पास भएको सुशासन सम्बन्धी विद्येयकमा सम्बन्धीत निर्वाचन क्षेत्रको सांसद र पालिकाको सिफारिसमा योजना छनौट हुने कुरा उल्लेख भएको पनि भट्टले स्मरण गराए।

उनले संसदले पास गरेका कानुनहरु पढ्न समेत मन्त्रीहरु आग्रह गरे। चालु आर्थिक बर्षका योजना पनि पहुँचको आधारमा मात्रै छनौट गरेपछि प्रदेश सरकारको आलोचना भईरहेको छ। चालु आर्थिक बर्षका योजना छनौट गर्दा पनि प्रदेश सरकारले कुनै विधी प्रक्रिया अपनाएको थिएन्। अहिले सम्म सरकारले योजना छनौटको मापदण्ड समेत बनाउन सकेको छैन्।  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस