सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगायो

२०८० साउन २३, १०:५८ खबर संवाददाता

धनगढीः बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ। अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो। नेपाल तर्फका ७४८÷३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस