सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० साउन २३, १०:३२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी–३ र भजनी–३ बाट भन्सार छलीगरि ल्याएका अन्दाजी २३ हजार ६ सय मूल्य बराबरको चिनी, बिडी, गुट्का, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–२ बन्दतालबाट भन्सार छलीका अन्दाजी ९ हजार २ सय मूल्य बराबरको सलाई, अण्डा, सेतो प्लाष्टिक लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस