सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु 

२०८० साउन २३, ०९:५९ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ। सोमवार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ।

राति करीब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुुदेव भट्टले जानकारी दिए।

उनकाअनुसार युुवतीलाई ठक्कर दिएर ट्रक भागेको थियो। प्रहरीले सोमवार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो। अहिले ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस