सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका ३१ परियोजनामा लगानी गर्न ४८ विदेशी कम्पनी इच्छुक

२०७६ वैशाख ८, ०३:५३ खबर संवाददाता

नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन्। गएको चैतमा काठमाण्डौमा भएको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ। यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र सहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन्। 

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ। त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस