बैतडीको सुर्नयामा सासुको हसिँया प्रहारबाट बुहारी घाइते

बैतडीः बैतडीमा एक सासुले आफ्नै बुहारीलाई हसिँयाले प्रहार गरेकी छन्।
जिल्लाको सुर्नया गाउँपालिका–५ मा सासुले बुहारीलाई हसियाले प्रहार गरेर घाइते बनाएकी छन्। बैतडीकोे सुर्नया गाउँपालिका हरिचनकी जैमती मडैले आफ्नै बुहारी राधिका मडैलाई हसिँयाले प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। पीडित महिलाकी भाउजु सरीता बोहरा महराका अनुसार शनिबार दिउँसो जैमतीले हसिँयाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई वटा घाउ र खुट्टामा पनी घाउ बनाएकी छिन्। हसिँयाले प्रहार गर्दा उनी भागेर माइत पुगेकी थिइन्। सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उनले बताइन्। तीन वटा छोराछोरीकी आमा रहेकी राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ।
सासुले हसिँयाले प्रहार गरेपछि घाइते भएकी राधिकाले जिल्ला प्रहरी कार्यालयमा सामान्य निवेदन समेत दिएको प्रहरीले जनाएको छ। राधिकाको आज जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएकोले भित्रि चोटपटक के कति लागेको छ रिपोर्ट आएपछि मात्र थाह हुने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले पीडित राधिकाको निवेदन प्रहरीमा आएको र पीडकलाई बोलाएर भोलि यो बिषयमा छलफल गरिने बताए।
.gif)
