सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुंदा दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०२:५१ खबर संवाददाता

पृथ्वी राजमार्गको धादिङस्थित सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट रिजर्भ गरी लगेको ना ४ ख १४१५ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हो। ओभरटेक गर्ने क्रममास् सडकबाट बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दोलखाका हरिवंश केसी र पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए। दुर्घटनामा परेर दस जना यात्रु घाइते छन्। उनीहरूलाई मलेखु अस्पतालमा प्राथमिक उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको छ। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस