सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द

२०८० साउन २१, ०७:५२ खबर संवाददाता

धनगढीः  महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।

पुल जिर्ण भैसकेको कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावतमा बन्देज लगाउने गरिन्छ। शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल भारत मैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्धार र दिल्ली चल्ने बसहरु समेत पुल वारी नै रोकिएका छन।

आइतवार बिहान १० बजे देखि महाकाली नदीको जलस्तर बढन शुरु भएको हो। ४ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ।
 

कमेन्ट लोड गर्नुस