सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० साउन २१, ०५:१७ खबर संवाददाता

कञ्चनपुरः   कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट भन्सार छलीका ५१ हजार १५० मुल्य बराबरको ढाड बाँध्ने कपडाको बेल्ट ९३ थान प्रहरीले बरामद गरेको हो।

प्रहरीले आईतवार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस