सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी सुदूरपश्चिमको इन्चार्ज फेरिए

२०८० साउन २१, ०४:०२ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ। माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ इन्चार्ज तोकेको हो।

केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबिच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।  जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन्। यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

त्यस्तै वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ। त्यस्तै कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्।
 

कमेन्ट लोड गर्नुस