सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा जलस्तर बढ्यो, सतर्क रहन आग्रह

२०८० साउन २१, ११:१७ खबर संवाददाता

धनगढीः महाकाली नदीमा जलस्तर बढेको छ। नदीको पानीको सतहले सतर्कता तह पार गरेको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ।

डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यस्तै, भोलि र पर्सि पनि विभिन्न ठाउँका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेकाले सचेत रहन महाशाखाको आग्रह छ।

मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन्। केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको रहेको छ।
 

कमेन्ट लोड गर्नुस