सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्कीए

। फोटो स्रोत ।
२०८० साउन २१, ०९:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्कीएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ कलुवापुरमा स्कारपियो र मोटरसाइकल ठोकिएका हुन्।

प्रहरीका अनुसार आइतवार बिहान बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक बेलौरी–५ शोभातालका रामप्रसाद चौधरी घाइते भएका छन्। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ। स्कोरपियोका चालक फरार छन्। गाडी अहिले बेलौरी प्रहरीको नियन्त्रणमा छ।
 

कमेन्ट लोड गर्नुस