सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा बाढीमा परी १० जनाको मृत्यु

२०८० साउन २०, ०९:३१ खबर संवाददाता

एजेन्सीः  उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको चीनीया अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको घोषणा गरेका छन्। स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा शहरका छ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयले जनाएको छ।

हालैका महिनाहरूमा चीन रेकर्ड तोड्ने गर्मीदेखि घातक वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ। गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस