सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने नेपाल–भारत सुरक्षा अधिकारीको  निर्णय

२०८० साउन २०, ०९:०६ खबर संवाददाता

काठमाडौँः   नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठकले सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुनर्निर्माण गर्न संयुक्त सर्भेका लागि केन्द्रमा लेखिपठाउने निर्णय गरेको छ।

भारतको मधुवनीको शौराठमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले सीमा स्तम्भहरु हराएको तथा भत्केकाले त्यसको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। यस्तै, बैठकमा नक्कली नोटको कारोबार तथा ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा अपराध गरेर सीमावर्ति क्षेत्रमा लुकी बस्नेको विषयमा सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

बैठकमा सीमानाका क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेको अपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सीमानामा दुवै देशका सुरक्षा गस्ति बढाउने निर्णय भएको छ। यस्तै, सीमा क्षेत्रबाट हुने चोरी पैठारीसहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने सहमति भएको छ। 
 

कमेन्ट लोड गर्नुस