सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिनादिन लामो अभ्यासका लागि ६ क्रिकेटर भारत जाँदै

२०८० साउन २०, ०८:५३ खबर संवाददाता

काठमाडौँः  नेपाल क्रिकेट संघ (क्यान)ले नेपालबाट ६ खेलाडीलाई भारतमा अभ्यासका लागि पठाउने भएको छ।

एसियाड, एसिया कप र टी–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपालले एक महिना लामो अभ्यासमा खेलाडी पठाउन लागेको हो। भारत जाने खेलाडीहरुमा कमल सिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम रहेका छन्। उनीहरुले भारतको नयाँ दिल्लीमा रहेर अभ्यास गर्नेछन्।

प्रशिक्षक मोन्टी देशाईले खेलाडीको अभ्यासको प्रबन्ध गरेका हुन्। यी खेलाडीले पूर्व अलराउन्डरसमेत रहेका प्रदीप साहुको निगरानीमा अभ्यास गर्नेछन्। जसको निरीक्षणका लागि प्रशिक्षक देशाईसमेत भारत जाने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस