सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी एक ढिक्का भएको महसुस भएको छः प्रचण्ड

२०८० साउन २०, ०८:४२ खबर संवाददाता

काठमाडौँः  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस भएको प्रतिक्रिया दिएका छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने बताए। ’यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ,’ प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ’वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ।’

केन्द्रीय कमिटीमा पार्टी नेतृत्वको आलोचना भएको थियो। प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै बैठकमा आलोचनासमेत भएको थियो। यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।
 

कमेन्ट लोड गर्नुस