सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोजगारीका लागि आवेदन दिन एक महिना म्याद थप

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०१:२२ खबर संवाददाता

सरकारले रोजगारीका लागि निवेदन दिने समय एक महिनाको समय थप गरेको छ। यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो। बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन्। निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ। स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम एक सय दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ।

कमेन्ट लोड गर्नुस