सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट छ लाख बढी मुल्यका भन्सार छलीका सामान  बरामद

२०८० साउन १९, ०७:३२ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरबाट छ लाख बढी मुल्यका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ र १० बाट विभिन्न समयमा भन्सार छलीका अन्दाजी ६ लाख २६ हजार मुल्य बराबरका खाद्य सामाग्री, कोट पाईन्टको कपडा, टि.सर्ट र चिनी लगायतका सामाग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।
 

कमेन्ट लोड गर्नुस